नाटक 'मेषी दण्ड'
3 videos • 33 views • by mandala theatre नमस्ते ! हामी यो अर्थमा खुसी छौं कि हाम्रो नयाँ नाटक 'मेषी दण्ड' को आधिकारिक घोषणा गर्न पाएका छौं । झन्डै दुई शताब्दीअघि घटित इतिहासमा आधारित यस नाटकले आदिवासीहरुको भाषा र संस्कृति अनि उनिहरुको जीवनको लयमा राज्यसत्ताले कसरी दमन गर्यो ? भन्ने कथा बताउने छ । राणा शासनको मारमा परेका आदिवासीहरुको भाषाको यात्रालाई मुख्य विषय बनाएको यस नाटकलाई गीलु रातोसले लेखेका छन् भने यसको परिकल्पना र निर्देशन अनिल सुब्बाले गरेका छन् । मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटकलाई रिजन के.सी. ले निर्माण गरेका छन् । नाटक यहि साउन ५ गते देखि हरेक दिन (सोमबार बाहेक) बेलुकी ५:४५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १:३० बजे अतिरिक्त मञ्चन हुनेछ । #मेषीदण्ड #mekhidanda #NewDrama2024 #2081drama #dramalover #mandalatheatrenatak #mandalatheatre #mandalatheatrenepal